प्रतिनिधिसभा समानुपातिकको सीट बाँडफाँड आज

0
158

काठमाण्डौं, २६ माघ । प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट आज हुने भएको छ । प्रतिनिधिसभा सदस्यको चुनावबाट प्राप्त मत परिणाम अनुसार सीट संख्या आज घोषणा गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आज सीट बाँडफाँड गरी राजनीतिक दलहरुलाई नाम सिफारिस गर्न तीन दिनको समय दिइनेछ । राजनीतिक दलले आउँदो सोमबारसम्ममा नाम पठाइसक्नुपर्ने र त्यसपछि दुई दिन नाम सच्याउने समय दिएर विजयीको नाम प्रकाशन गरिने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यहि अनुसार नाम सिफारिस गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । जसअनुसार कम्तिमा ८४ जना महिलाको नाम दलहरुले पठाउनैपर्ने छ । बन्दसूचीमा एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र संघीय समाजबादी फोरमले ५ जना महिलाको नाम पठाउनैपर्ने आयोगले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here