प्रथम लक्ष्मीमार्ग गोल्डकप भोली देखि हुने

0
94

विराटनगर, २३ भदौ । मोरङको बेलबारी नगरपालिका ११ मा प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिता भोलीदेखि देखि सुरु हुँदैछ । खेल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि भनेर डाँगीहाट युथ क्लबले लक्ष्मीमार्ग स्थित खेलमैदानमा आयोजना गर्ने प्रतियोगिता भदौ ३१ गते सम्म संचालन हुने छ । प्रतियोगिताको सबै तयारी पूरा भएको डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले बताउनु भयो । प्रतियोगितामा धनकुटा फुटबल टिम, धरान फुटबल टिम, विराटनगर फुटबल टिम, इटहरी फुटबल टिम, झापा ११, सशस्त्र प्रहरी बल पूर्वाञ्चल, मंगलबारे फुटबल क्लब उर्लाबारी र आयोजक टिमले सहभागिता जनाउने छन् । लक्ष्मीमार्गका स्थानीय तथा बेलायत बसाइ सरेकाहरुको सहयोगमा हुन लागेको प्रतियोगिताका लागि आयोजकले कुल १० लाख ५७ हजार खर्च हुने अनुमान गरेको छ । अध्यक्ष राईका अनुसार प्रतियोगितामा विजयी टोलीले एक लाख ११ हजार पाउने छ भने उपविजेताले ५१ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाउनु पर्ने छ । प्रतियोगिताबाट प्राप्त मुनाफा खेलाडी एवं खेलकुद क्षेत्रको विकास तथा बाढी पीडित बालबालिकाको शिक्षा दीक्षामा खर्च गरिने आयोजनाले जनाएको छ । प्रतियोगिताको उद्धघाटनमा सशस्त्र प्रहरी बल पूर्वाञ्चल र विराटनगर फुटबल टिमबीच प्रतिष्प्रधा हुने छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here