Tune to BFM 91.2|Biratnagar

प्रदेशसभा भवन निर्माणको विरोध

विराटनगर, १२ असोज । विराटनरमा प्रदेश १ को प्रदेशसभा भवन निर्माणको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य साना दलले विरोध गरिरहेका छन् ।

अस्थायी भवन निर्माणलाई लिएर उनीहरुले सरकारले रकम खर्चिने बाटो मात्रै पहिल्याएको आरोप लगाएका छन् । स्थानीय संरचना निर्माण गर्न छाडेर अस्थायी संरचना निर्माण गरिएकोभन्दै उनीहरुले विरोध गरेका हुन् ।

कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले अस्थायी भवन निर्माणले भ्रष्ट्राचारलाई प्रसय दिएको आरोप लगाउनु भयो । अस्थायी प्रदेश सभा भवनको निर्माणसँगै सत्ताधारी दलले विराटनगरलाई राजधानी बनाउन नचाहेको प्रष्ट भएको उहाँको भनाइ छ । स्थायी संरचना तयार गर्नेतर्फ प्रदेश सरकारले ध्यान दिन नसकेको उहाँले बताउनु भयो ।

प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले तत्कालका लागि अस्थायी रुपमा सदनको कार्य सञ्चालनका लागि भवन निर्माण प्रक्रिया अघि बढाएको बताउनु भयो । ओखलढुंगाबाट नेकपाका सांसद मोहनकुमार खड्काले राजधानी र त्यसका संरचनालाई संकृण रुपमा हेर्न नहुने बताउनु भयो । यसअघि वृहत विराट विकास क्षेत्र अन्तर्गत विराटनगर, इटहरी, सुन्दरहरैँचाको क्षेत्रफलमा भौतिक संरचना बनाउने सकिने गरी राजधानी घोषणा भएको थियो ।

प्रतिपक्षी दलका अनुसार राजधानीसँगै व्यवस्थापिका, कार्यपालिकाका संरचनाहरु एकैस्थानमा हुँदा प्रदेश सरकारको सफलता हुनेछ । संरचना विकेन्द्रकृत गर्दै जाँदा त्यसको नकारात्मक अवस्थाहरु सृजना हुने दलको बुझाइ छ । यद्यपी, राजधानी घोषणाका क्रममा प्रदेशको संसदले संरचनाहरु वृहत विराट क्षेत्र अन्तर्गत सुन्दरहरैँचा नगरपालिकाको गोठगाँउ, इटहरी, बूढीगंगा गाँउपालिका लगायत आसपासमा बनाउने प्रस्ताव पारित गरेको थियो ।

विराटनगरको देवकोटा चौकस्थित जिल्ला समन्वय समितिको जमिनमा हाल प्रदेशसभा भवन निर्माणे काम भइरहेको छ । जसका लागि धरानको स्वामी नारायण निर्माण सेवाले ६ महिनाभित्र काम सक्ने गरी जिम्मा लिएको छ ।

प्रदेश सरकारले विनियोजन गरेको ५ करोड रुपैयाँ मध्ये २ करोड ५१ लाख ८१ हजार रुपैयाको लागतमा भवन निर्माणको लागि असोज १ मा शिलान्यास भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button