प्रदेशसभा १ को सभामुखमा एमालेका भण्डारी निर्वाचित

0
238

प्रदेश १ को सभामुखमा एमालेका प्रदीप भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।आज बसेको प्रदेशसभा बैठकले भण्डारीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । बैठकको सुरुमै सांसद तुलसीप्रसाद न्यौपानेले भण्डारीलाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अर्का सांसद लक्ष्मण तिवारीले सो प्रस्तावमा समर्थन गरेका थिए ।सभामुखमा एक जनाको नाम मात्रै प्रस्ताव भएपछि जेष्ठ सदस्य ओम सरावगीले भण्डारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे । धरानका भण्डारी सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभामा निर्वाचत भएका हुन् ।चार वर्षअघि शिक्षण पेशाबाट सेवानिवृत्त भएका उनी २०२७ सालदेखि बामपन्थी राजनीतिमा सक्रिय छन् ।यसैबिच प्रदेश एकका सभामुख भण्डारीले आजै सपथ लिनु भएको छ । उहाँले प्रदेश प्रमुख गोविन्द तुम्बाहाङबाट सपथ लिनु भएको हो आज अहिलेकेहीबेर पछि पुनः बस्ने अर्को बैठकको अध्यक्षता नवनिर्वाचित सभामुख भण्डारीले गर्नु हुने भएको छ । भण्डारी सभामुखमा निर्वाचित भएपछि जिल्ला समन्वय समितिको कार्यालय रहेको संसद भवनमा उहाँको अध्यक्षतामा पहिलो बैठक बस्ने भएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here