Tune to BFM 91.2|Biratnagar

प्रदेश एक सरकारले एकसाता भित्र विराटनगरमा अस्थायी अस्पताल निर्माण गर्ने

बिराटनगर ७ चैत । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि प्रदेश एक सरकारले एकसाता भित्र विराटनगरमा अस्थायी अस्पताल निर्माण गर्ने जनाएको छ ।

विराटनगरमा रहेको नेशनल ट्रेडिङको भवनमा अस्थायी अस्पताल निर्माण गर्ने बताईएको छ । एकसाता भित्र निर्माण हुने अस्पताललाई अन्य अस्पतालबाट रेफर भएर आएका विरामीको उपचार केन्द्र बनाइने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।उहाका अनुसार दुई दिन भित्र सरसफाई गरी ढिलोमा ७ दिन भित्र अस्थायी अस्पताल बनाइनेछ ।

‘घिमिरेले सम्भावित जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरेको बताउनुभयो ।’ उहाले ‘ढिलोमा सात दिन भित्र अस्पताल बन्ने बताउनुभयो। हिजो मात्र प्रदेश १ मा ४ सय ४० जना अटाउने क्वारेन्टाइन निर्माण भएको छ ।

प्रदेश सरकारले मोरङको मिक्लाजुङ– ५ मा पर्ने टाडीमा २ सय झापाको भद्रपुरमा ४० र उदपयुरको बेलसोतमा २ सय जना अटाउने क्वारेन्टाइन निर्माण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button