प्रदेश तीनको सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित

0
25

काठमाडौं,२७ माघ । प्रदेशनम्बर ३ को प्रदेशसभाको सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेकै राजेन्द्रमान श्रेष्ठले पनि उम्मेदवारी दिने चर्चा रहे पनि श्रेष्ठले उम्मेदवारी नदिएपछि सानु कुमार श्रेष्ठ निर्विरोध हुनुभएको हो । श्रेष्ठका प्रस्तावक माओवादीका शालिकराम जम्मरकट्टेल र समर्थक एमालेका रामेश्वर फुयाँल हुनुन्छ । उपसभामुखका लागि भने भोली चुनाव हुनेछ । उपसभामुख माओवादी केन्द्रकी राधिका तामाङ्गको नाम तय भएकोे छ । एमालेका पोलिटब्यूरो सदस्य सानु श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्य हुनुहुन्छ । यस्तै, प्रदेशनम्बर ७ को सभामुखका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ । ७ नम्बर प्रदेशको सभामुखका लागि वाम गठबन्धनका तर्फ बाट एमालेका अर्जुनबहादुर थापालाई उम्मेदवार बनाउने भएको छ भने उपसभामुखमा माओवादी केन्द्रबाट डडेलधुराकी कुन्ती जोशी र बझाङकी देवकी मल्लको नाम चर्चामा छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here