प्रदेश नं १ लाई बाल मैत्री प्रदेश घोषणा गरिने
विराटनगर, २८ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्ने बताउनु भएको छ ।
राष्ट्रिय बाल अधिकार परिषदले आज विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय छलफल कार्यक्रममा उहाँले बाल मैत्री प्रदेश घोषणा गर्ने लक्ष्यलाई पुरा गर्न आवश्यक नीति, कानून निर्माण गरी प्रभावकारी कार्यक्रम आधार तर्जुमा गर्न सवैको सहयोग आवश्यक रहेको विचार व्यक्त गर्नु भयो । मुख्यमन्त्री राईले बालबालिका आजका कर्णधार, साझेदार हुनुका साथै भविष्यका नेतृत्वकर्ता भएकाले उनीहरु सक्षम र सवल बनाउनु आवश्यक नीति निर्माण गर्नु हाम्रो कर्तव्य भएको बताउदै बालवालिकाका अधिकार सम्पूर्ण रुपमा सुरक्षित र सुनिश्चत गर्न प्रतिवद्ध रहेको छ भन्नु भयो ।
मुख्यमन्त्री राईले विद्यालय केन्द्रीत प्रदेशका दुई हजार विद्यालयहरुका दुई लाख विद्यार्थीहरुलाई संगठित गरी सचेत सभ्य, इमानदार नागरिक उत्पादन गर्ने सचेतना फैलाउने जिम्मेवारीका साथ ‘म अघि वढछु ’ सगरमाथा टिन्स क्लव गठन गरेर विशेष अभियान सञ्चालन गरेको जानकारी गराउनु भयो ।
राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन राज धरेलले स्थानीय तहले बाल कल्याण अधिकारी तत्काल नियुक्ती गर्न वा तोक्नु पर्नेमा जोड दिदै बर्तमान अवस्थामा ३३ प्रतिशत बालवालिकाले जन्मदर्ता एवं पहिचान विहिन अवस्थामा रहेकाले पालिकाहरुको ध्यानाकर्षण गराउनु भयो । सार्क राष्ट्र बालअधिकारको क्षेत्रबाट नेपालको प्रतिनिधित्व गर्ने पे्रनुसा पाण्डेले सामुदायिक र निजी विद्यालयहरुलाई शिक्षामा छात्रवृत्तिका लागिस्थानीय निकायले आवश्यक पहल गर्नुपर्ने तथा असुरक्षित बालबालिकाको गुनासो सुन्ने स्थानको वारेमा सार्वजनिक जानकारी गराउन आग्रह गर्नुभयो ।
छलफलमा प्रदेशका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीयतहका प्रमुख उपप्रमुख, बालवालिका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।