प्रदेश नम्बर १ मा दुई मन्त्रालयको उद्धघाटन

0
282

विराटनगर, २९ माघ । प्रदेश नम्बर १ मा रहेन सात मन्त्रालय मध्ये दुुइ मन्त्रालयको आज विराटनगरमा उद्घाटन गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको उद्धघाटन गरिएको हो । प्रदेशका प्रमुख सचिव यादवराज काइरालाले मन्त्रालयबाट कार्य सम्पादन सुरु भएको जानकारी दिनु भयो । कानुन मन्त्रालयका सचिव याज्ञबहादुर खत्रीले आन्तरिक मामिला तथा वातावरण मन्त्रालय प्रदेशको महत्वपुुर्ण मन्त्रालय रहेको बताउनु भयो । उहाँले उक्त मन्त्रालय अन्तर्गत प्रदेशभरको शान्ति सुरक्षा, कानुन निर्माण तथा कर्मचारी व्यवस्थापनका काम गर्नु पर्ने हुँदा मन्त्रालयमा तीन महाशाखा राखेर कार्यविभाजन गरिएको जानकारी दिनु भयो । मन्त्रालयमा प्रशासन योजना तथा विपद् व्यवस्थापन, सुरक्षा समन्वय र कानुन तर्जुमा महाशाखा रहने छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here