प्रदेश नम्बर २ को सभामुखको लागि उम्मेदवारी दर्ता

0
217

विराटनगर, १ फागुन ।प्रदेश नम्बर २ को सभामुखको लागि राजपा नेपालका प्रदेशसभा सदस्य सरोज यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ ।संघीय समाजवादी फोरम र राजपा नेपाल बीच भएको सहमतिको आधारमा सभामुख पद राजपा नेपालको भागमा परेको छ । राजपा नेपालको तर्फबाट यादवले विहान प्रदेश सभाको सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । यादवको उम्मेदवारीको प्रस्तावकमा राजपा नेपालका संसदीय दलका नेता जितेन्द्रप्रसाद सोनाल रहनु भएको छ भने समर्थकमा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु यादव रहनु भएको छ । उम्मेदवारी दर्तापछि संचारकर्मीसंग कुराकानी गर्दै यादवले सबै दलको सहयोगमा प्रदेशको विकासको लागि काम गर्ने बताउनुभयो ।राजपा नेपालको तर्फबाट यादवको नै पहिलो उम्मेदवारी दर्ता भएको र अन्य कुनैपनि दलले उम्मेदवारी दर्ताको लागि फारम समेत नलगेकाले यादव नै निर्वारोध हुने सम्भावना रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here