प्रदेश प्रमुखद्धारा ३ वटा विधेयक प्रमाणिकरण

विराटनगर, १८ साउन । प्रदेश–१ को प्रदेश सभाले पारित गरेका ३ वटा विधेयक प्रमाणिकरण भएका छन् ।

आज प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले विधेयकहरू प्रमाणीकरण गर्नुभएको हो ।

प्रमाणिकरण भएका विधेयकहरूमा प्रदेश वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ को संशोधन सम्बन्धमा बनेको विधेयक छन् ।

प्रदेशसभाले पारित गरेर प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाउने व्यवस्था संविधानमा छ । यसरी प्रदेशसभाले पारित गरी पठाएका विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि लागू हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button