Tune to BFM 91.2|Biratnagar

प्रदेश प्रमुख अधिकारीले प्रत्यक्ष भेटघाटका कार्यक्रम घटाउने

विराटनगर, २० साउन । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले अत्यावस्यक बाहेकका प्रत्यक्ष भेटघाट रोक्ने हुनु भएको छ ।

प्रदेश १ मा उच्च तहका व्यक्तिहरुसँगै समुदाय स्तरमा कोरोना संक्रमण बढेको भन्दै प्रदेश प्रमुख अधिकारीले अत्यावस्यक बाहेकका भेटघाटलाई रोक्ने हुनु भएको स्वकिय सचिव प्रतिक ढकालले बताउनुभयो । उहाँका अनुसार प्रदेश प्रमुख अधिकारीले हिजोदेखि भेटघाटको कार्यक्रमलाई घटाउनु भएको छ ।

हिजो मन्त्रीदेखि उच्च तहका अधिकारीहरुसँगको भेटघाट तय भएको थियो । प्रदेश १ का मुख्यन्यायाधिवक्तालाई नै कोरोना संक्रमणको खवरसँगै प्रदेश प्रमुख अधिकारीले भेटघाटका कार्यक्रमलाई रोकेको स्वकीय सचिव ढकालले बताउनुभयो ।उहाँका अनुसार प्रदेश प्रमुखले अनलाईन मार्फत संवाद गर्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button