प्रदेश प्रमुख र अस्थायी राजधानी एक साताभित्र तोक्ने तयारी

0
457

काठमान्डाँै , पौष ८
सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश सभामा समानुपातिकतर्फ दलहरूले पाएको मतपरिणाम

सार्वजनिक गरेको छ । अब आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ । र, त्यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउन पर्ने व्यवस्था छ । तर, अझै पनि प्रदेश प्रमुख नतोकिएकाले सरकारलाई दबाब बढेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बिहीबारसम्म प्रदेशको राजधानी र प्रमुख नियुक्त भइसक्ने बताए । सरकारले अघिल्लो बिहीबार नै प्रदेशको राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको थियो ।

प्रदेशको अस्थायी मुकामका लागि सरकारले तयारी पूरा गरेको परियारले बताउनुमभयो । प्रदेश प्रमुख नियुक्तिका लागि सरकारले सबै गृहकार्य पूरा गरेको उनको भनाइ छ । परियारका अनुसार प्रदेश प्रमुखमा नियुक्त गर्नेहरूको नामावली छलफल भइरहेको छ । उहाँले सरकारले राजनीतिक पृष्ठभूमि नभएका विषय विज्ञ र केही पूर्वप्रशासकलाई प्रदेश प्रमुख नियुक्त गर्ने बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here