प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अनुभव आदान प्रदान

0
132

 

विराटनगर, २ पुस । मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अनुभव र आगामी कार्यदिशा संवन्धि अन्र्तक्रिया कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा निर्वाचन पर्यवेक्षण समितिका केन्द्रिय अध्यक्ष पदिप पोखरेलले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन विधि सम्मत बनाउन सफल भएको बताउनुभयो । कार्यक्रममा निर्वाचन शुद्धता, निर्वाचनको प्रभावकारीता र आगामी कार्यदिशाका बारेमा राजाराम बर्तौलाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको बारेमा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का क्षेत्रीय संयोजक सोमराज थापा लगायतले अनुभव आदान प्रदान गर्नु भएको निर्वाचन पर्यवेक्षण समिति मोरङका प्रतिनिधि देवी बाँस्कोटाले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here