प्रदेश सरकारले सेवा सुरु गर्न धनकुटा अस्पतालमा पठायो विशेषज्ञ टोली

विराटनगर १० जेठ । धनकुटा जिल्ला अस्पतालमा सेवा सुरु गर्न प्रदेश सरकारले टोली पठाएको छ । प्रदेश एक सरकारले सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना विशेषज्ञ सहितको टोली खटाएको छ ।

उनीहरुले भोलिदेखि सेवा सुरु गर्नेछन् । आज र भोलि निर्मलीकरण गरी सेवा सुरु गर्ने तयारी भैरहेको जिल्ला अस्पताल धनकुटाका डाक्टर पुजन विश्वकर्माले जानकारी दिनुभयो । कोरोना सङ्क्रमित भेटिएपछि धनकुटा अस्पताल गएको जेठ ४ गते सिल गरिएको थियो ।

जिल्ला अस्पतालका डाक्टर तथा कर्मचारी भने क्वारेन्टाईनमा छन् । धनकुटामा ४ जना स्वास्थ्यकर्मी, एक जना स्वास्थ्यकर्मीका आफन्त र दुई जना प्रहरी जवान गरी ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सङ्क्रमितको अहिले कोरोना विशेष अस्पताल विराटनगरमा उपचार भैरहेको छ र उनीहरुको अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button