प्रदेश सांसदहरु द्धारा सरकारको ध्यानाकर्षण

विराटनगर, ७ साउन । प्रदेश १ प्रदेश सभाकोे आजको शुन्य समयमा प्रदेश सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।

बैठकमा निजी अस्पतालका नर्सहरूलाई पनि सरकारी अस्पतालका नर्स सरह सेवा सुविधा उपलब्ध गराउनु पर्ने आवाज उठेको छ । शुन्य समयमा सांसद सञ्जाकुमारी दनुवारले निजी अस्पतालमा काम गर्ने नर्सहरूलाई पनि सरकारी सरह तलब सुविधा उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।

महामारीका वेला अग्रभागमा रहेर दिन रात खटिने स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनु पर्नेमा उल्टै कोरोनाको नाममा तलब काटिनु गलत भएको दनुवारले बताउनुभयो ।

उहाँले कोरोनाको त्रासकावीच खटिने स्वास्थकर्मीलाई २५ प्रतिशत भत्ताको व्यवस्था गर्न, राती ड्युटी गर्ने नर्सहरूको खाजाभत्ता १ सय ५० बाट बढाएर ३ सय रुपैयाँ पुर्याउन आग्रह पनि गर्नुभयो । शुन्य समयमा सांसद जयराम यादवले महामारीको समयमा पनि धानबालि लगाएका किसान रासायनिक मल नपाएर हैरान भइरहेको बतानुभयो ।

यादवले तत्काल किसानलाई आबश्यक रासायनिक मलको व्यवस्थागर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद खिनु लङ्वालिम्बुले तेह्रथुमका विभिन्न स्थानमा रहेका लिम्बुहरूको समाधि स्थल नष्ट पार्ने काम रोक्न माग गर्नु भयो ।

लिम्बुले भुतपुर्व गोर्खा सैनिकहरूलाई सामाजिक सुरक्षा भत्ता नदिने सरकारको निर्णय नियम संगत नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button