Tune to BFM 91.2|Biratnagar

प्रदेश सांसद साम्बाको क्षेत्रमा १ अर्ब बढी बजेट

विराटनगर, १८ असोज । मोरङ निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेशसभा सांसद कुलप्रसाद साम्बा (कुशल)को निर्वाचन क्षेत्रमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयनको चरणमा रहेको सार्वजनिक भएको छ ।

साम्बाले आज विस्तृत विवरण सार्वजनिक गर्दै आफू निर्वाचित भएपछि प्रदेश सरकारका १ सय ५० वटा भन्दा बढी योजनाका लागि १ अर्ब २६ करोड २९ लाख ९३ हजार १ सय ७७ रुपैयाँ बराबरको बजेट व्यवस्था गर्न सफल भएको बताउनु भयो ।

साम्बाले प्रस्ताव गरेर कार्यान्वयनमा आएका तथा हाल निर्माणाधिन रहेका अधिकांश योजना सडक र तटबन्धन निर्माणको क्षेत्रमा रहेको छ । आफ्नो पहलमा बजेट लगेर कार्यान्वायनमा ल्याएको उहाँको दाबी छ । साम्बाको क्षेत्रमा मिक्लाजुङ २, ३, ६, ७, ८ र ९ नम्बर वडा र उर्लाबारी नगरपालिकाको सबै वडा गरी १५ वटा वडा पर्दछन् ।

सांसद साम्बाले आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ मा ति विकास निर्माणका कार्यक्रम लगेको जानकारी दिनु भयो । सार्वजनिक विवरण अनुसार ९८ वटा योजनाहरु सम्पन्न भइसकेका छन् भने अन्य योजनाहरु निर्माणाधिन छन् ।

विशेष गरी ५८ करोड रुपैयाँ बराबरको किसानचोक–टाँडी–रमिते–रवि सडक बहुवर्षे योजना ४० प्रतिशत सम्पन्न भएको छ । ७ करोड २५ लाख बराबरको मिक्लु खोला पुल बहुवर्षे योजना अन्गर्तत ३० प्रतिशत सम्पन्न भएको ।

१ करोड ६ लाख बराबरको मुख्यमन्त्री ग्रामीण सडक अन्तर्गत उर्लाबारीको आइतबारे चोक हुँदै झारसाँधी खाँम्बेझोडा जोड्ने सडक ७ सय मिटर कालोपत्रे सम्पन्न भइसकेको छ ।

उर्लाबारी–आइतबारे चोक नगरपालिका अगाडिबाट दक्षिण जाने ४ सय किलोमिटर सडक कालोपत्रे भएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button