Tune to BFM 91.2|Biratnagar

प्रदेश १ का सांसदहरुद्धारा पारिश्रमिक जम्मा गर्ने निर्णय

विराटनगर, १२ चैत । एक नम्बर प्रदेशसभाका सभामुख र उपसभामुखले एक महिनाको पारिश्रमिक कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा पारिश्रमिक जम्मा गर्ने भएका छन् ।

प्रदेश १ सरकारले गत मंगलबार स्थापना गरेको कोषमा सभामुख प्रदिपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गर्नुभएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमामा सत्तारुढ नेकपाका ६७ र प्रतिपक्षी नेपाली काँग्रेसका २१ जना सांसदले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा आधा महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णय गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

समाजबादी पार्टीका सांसद जयराम यादवले एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गर्नुभएको छ । फेसवुक मार्फत उहाँले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोषमा पारिश्रमिक जम्मा गर्ने घोषणा गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button