Tune to BFM 91.2|Biratnagar

प्रदेश १ को प्रदेश सभामा आज तीन वटा विधेयक पारित

विराटनगर, ७ साउन । प्रदेश १ को प्रदेश सभाले एकै दिन तीन वटा विधेयक पारित गरेको छ ।

प्रदेश बालबालिकाको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश सार्वजनिक सडकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित पारित गरेको हो ।

प्रदेशसभाको आजको बैठकमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले राखेको प्रदेश बालबालिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको हो । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतले राखेको प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरूङले राखेको प्रदेश सार्वजनिक सडकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पनि सर्वसम्बत पारित भएको हो । विधेयकले प्रदेशमा सडक तथा पुल र्निर्माण र सुपरिवेक्षणका लागि भौतिक पूर्वाधार विकासमन्त्रीको अध्यक्षतामा ११ सदस्यीय सडक विकास समन्वय समिति गठन गर्ने व्यवस्था गरेको छ ।

जसमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव पदेन सदस्य रहने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button