प्रदेश १ को बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता दिनुपर्ने

0
68

मोरङ, २५ जेठ (रासस) ः अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिनुभएको छ ।सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्ने अर्थशास्त्री डा भेषप्रसाद धमलाको भनाइ छ । धमलाका अनुसार अझै पुरानै ढर्राको बजेटले मुलुक चल्दैन ।उहाँले भन्नुभयोे, “परम्परागत शैलीबाट कृषि अगाडि बढ्न सक्ने देख्दिनँ ।” अर्थशास्त्री धमलाले अब निश्चित योजना र दृष्टिकोणसहित बजेट ल्याउनुपर्नेमा जोड दिनुभएको हो । यतिबेला प्रदेश सरकार बजेट निर्माणमा व्यस्त छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संविधानमै बाध्यकारी व्यवस्था गरिएको छ ।उहाँले आधुनिक प्रविधिको प्रयोग गर्नेगरी कृषिसम्बन्धी नीति बन्नुपर्ने धारणा राख्नुभयो । उहाँकै शब्दमा अब हलोका भरमा कृषिको उत्पादकत्व बढाउन सकिँदैन । व्यापारघाटा कम गर्ने एकमात्र क्षेत्र कृषि भएको उहाँको दाबी छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here