Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आज १६ जना संक्रमित थपिए

विराटनगर १२ असार । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा ६ महिला र १० पु्रुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १०, झापामा ४ र मोरंगमा २ जना रहेका छन् ।

सुनसरीको कोशी गाउँपालिकामा ८ र देवानगञ्जमा २ जना, झापाको दमकमा ३ र मेचीनगरमा १, मोरंगको विराटनगरमा २ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा १६ जना थपिएसँग कोरोना संक्रमितको संख्या ५ सय १९ पुगेको छ । प्रदेश १ मा हिजो साँझ २१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ३ सय ७७ पुगेको छ ।

प्रदेश १ का झापामा २ सय १५, मोरंगमा १ सय ३३, सुनसरीमा ८५, उदयपुरमा ५२, धनकुटामा ८, भोजपुरमा ६, खोटाङ र ताप्लेजुङमा ४/४, तेर्हथुम र पाँचथरमा ३/३, संखुवासभा र इलाममा २/२, सोलुखुम्वु र ओखलढुङ्गामा १/१ जना संक्रमित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा १४ मध्ये हिमाली र पहाडी क्षेत्रका ८ जिल्लाका संक्रमित उपचार पछि निको भएका छन् । संक्रमण देखिएका धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, संखुवासभा, तेर्हथुम , इलाम र ताप्लेजुङ जिल्लाका संक्रमित निको भएर घर फर्किएका छन् । ८ जिल्लामा ३० जना संक्रमित भएका थिए ।

प्रदेश १ मा आज सम्म २१ हजार ६ सय १४ शंकास्पद व्यक्तिको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका १७ हजार २ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्ये ३ हजार ८ सय ७३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश १ मा आज मात्र ५ सय ९६ जनाको स्वाव संकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button