प्रदेश १ मा आज १९ जना संक्रमित थपिए

विराटनगर, १७ साउन । प्रदेश १ मा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार झापामा २ र इलाममा १७ गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा १९ संक्रमित थपिदा विराटनगरमा भने आज कोरोना संक्रमित देखिएनन्। दश दिनयता निरन्तर संक्रमित भेटिदै आएको विराटनगरमा आज नयाँ संक्रमित फेला नपरेका हुन । झापामा संक्रमण पुष्टि भएका विर्तामोडका रहेका छन ।

इलाममा संक्रमण पुष्टि भएका १७ जना सशस्त्र प्रहरीका कर्मचारी हुन । जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका ४० जनाको नमुना संकलन गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक हजार ४४ पुगेको छ। प्रदेश १ मा आज २५ जना डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २५ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाका ७, ओखलढुङ्गा र मोरंगका ५–५, सुनसरी र धनकुटाका ३–३, सोलुखुम्वु र इलामका १–१ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय १४ पुगेको छ ।प्रदेश १ मा आज ७ सय ५ जनाको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button