प्रदेश १ मा आज ३१ जना संक्रमित थपिए

विराटनगर, १६ साउन । प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
झापामा १३, मोरंगमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा।सुरेश मेहताले बताउनुभयो ।


झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष ५ महिला, सुनबर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा। मेहताले बताउनुभयो ।

प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको छ ।प्रदेश १ मा आज ६ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आज परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button