Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आज ५ संक्रमित थपिए , संक्रमित को संख्या ४ सय २ पुग्यो

विराटनगर २ असार । प्रदेशमा आज ५ जना संक्रमित थपिएका छन् । सुनसरीमा २, झापामा २ र पाँचथरमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सुनसरीको इटहरीका १ र कोशी गाउँपालिकाका १ पुरुष, झापाको भद्रपुरका २ पुरुष र पाँचथरको फिदिममा एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५जना थपिएसँगै संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

प्रदेश १ बाट १ सय ७४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज सम्म १६ हजार ३ सय ६९ जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये १४ हजार ७ सय ५५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वाव संकलन गरिएका मध्ये १ हजार २ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १५ हजार ८ सय ४ जनाको आरडिटी गरिएको छ ।
सम्बन्धित शीर्षकहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button