Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ९१ पुग्यो

विराटनगर, १० साउन । प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५, सुनसरीमा २, झापा, तेर्हथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको छ ।

मोरंगको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवामा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, खोटाङको दिक्तेलमा र तेर्हथुममा १/१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ९१ पुगेको छ ।

प्रदेश १ मा आज ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा हालसम्म ३९ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button