प्रदेश १ मा थप चार संक्रमितको मृत्यु
विराटनगर, ११ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
झापाका २ र मोरंगका २ जनाका कोरोना संक्रमणबाट मृत्यु भएको हो । मोरङको लेटाङका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।
लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान मृत्यु भएको हो । रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ । उता झापाको विर्तामोडका एक जना र शिवसताक्षीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विर्तामोड नगरपालिका–८ का ७२ वर्षीय र शिवसताक्षी ९ का ७२ पुरुषको मृत्यु भएको हो ।
विर्तामोडका बृद्धको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा आजर बिहान मृत्यु भएको हो । शिवसताक्षीका बृद्धको बिएण्डसी हस्पिटल बिर्तामोडमा गएराति मृत्यु भएको हो ।