प्रदेश १ मा भोलीे सार्वजनिक बिदा

विराटनगर, १८ साउन । प्रदेश १ सरकारले रक्षा बन्धनको अबसरमा भोलीे प्रदेश १ मा सार्वजनिक बिदा दिएको छ ।

प्रदेश राजपत्रमा सरकारले वार्षिक बिदा तालिका प्रकाशित गरेर रक्षा बन्धनमा दिइदै आएको बिदालाई निरन्तरता दिएकोले भोली सार्वजनिक बिदा हुने भएको हो ।

रक्षा बन्धनका दिन प्रदेश भरका संघ, प्रदेश र स्थानीय तह अन्तरगतका सबै कार्यालयहरु बिदा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button