Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा शंकास्पद ६ हजार बढीको स्वाव सङ्कलन

विराटनगर, १५ जेठ । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद ६ हजार ३ सय ३४ जनाको स्वाव सङ्कलन गरिएको छ । आज प्रदेशभरीमा ५ सय ६८ जनाको स्वाव सङ्कलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

स्वाव सङ्कलन गरिएका मध्ये १ सय ३० जनाको रिपोर्ट पोजेटिभ, ५ हजार ७ सय ९२ जनाको नेगेटिभ र ४ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा आरडिटी विधिबाट ११ हजार ४ सय ६ जनाको परीक्षण गरिएको छ ।

आरडिटी गरिएका ६२ जनाको रिपोर्ट पोजेटिभ र ११ हजार ३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ८ हजार २ सय ७७ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ ।

आज गते १ सय ६७ वेड थप गरिएको छ । क्वारेन्टाईनमा २ हजार ८८, होल्डिङ एरियामा ५ सय ८६ र होम क्वारेन्टाईनमा ८ हजार ७ सय ९७ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button