Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा स्वाब परिक्षण मा ढिलाई

विराटनगर, २८ साउन । कोरोना परीक्षणका लागि संकलन गरिएको दुई हजार सात सय पचास वटा नमुना प्रदेश १ का प्रयोगशालामा रहेको छ ।

प्रदेश १ प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवका अनुसार प्रदेश प्रयोगशाला विराटनगरमा एक हजार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नौ सय, र कोसी अस्पताल विराटनगरमा ८५० स्वाव होल्डमा रहेको छ ।

“स्थानीय तहबाट दैनिक ठूलो परिमाणमा स्वाब संकलन भई आउँदा दिनकै करिब ७ सय स्वाब होल्ड हुने अवस्था आएको यादवले बताउनुभयो ।” उहाका अनुसार समूहगत रुपमा ल्याइएको नमुना ‘पुल सिस्टम’ परीक्षण हुने गरेको छ ।

यसरी परीक्षण गर्दा दैनिक १४ सयसम्म नतिजा दिन सकिन्छ । तर, संक्रमणको दर बढ्दै गए हरेकको व्यक्तिगत परीक्षण गर्नुपर्दा यो संख्या आधाभन्दा कम हुने उहाको भनाई छ ।

पछिल्लो समय विराटनगरमा दैनिक ठूलो संख्यामा संक्रमित फेला पर्न थालेपछि नमुना संकलन हुने दरसमेत बढेको छ ।

तर, प्रयोशालाको परीक्षण क्षमताको कारण धेरैको नतिजा आउन भने ढिलाइ हुने क्रम बढेको छ । परीक्षण ढिलाइ भएको विषयमा सर्वसाधारणबाट समेत गुनासो आउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button