Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा १५ हजार ३ सय ५४ जनाको परीक्षण

विराटनगर, १२ जेठ । प्रदेश १ मा पीसीआर र आरडिटी विधिबाट १५ हजार ३ सय ५४ जनाको परीक्षण गरिएको छ । हिजोसम्म कोरोना भाईरसका शंकास्पद ४ हजार ५ सय २७ जनाको नमूना संकलन गरिएको छ ।

प्रदेश १ मा १ हजार २ सय ९२ जना महिला र ३ हजार २ सय ३५ पुरुषको नमूना संकलन गरिएको छ । हिजो २ सय १३ जनाको नमूना संकलन गरिएको छ । नमूना संकलन गरिएका १० महिला र ७७ पुरुषमा संक्रमण देखिएको छ ।

नमूना संकलन गरिएका ४ हजार ३ सय ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ३२ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा १० हजार ८ सय २७ जनाको आरडिटी गरिएको छ । आरडिटी गरिएका २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

आरडिटी गरिएका २ हजार १ सय २६ महिला र ८ हजार ६ सय ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हिजो झापाको भद्रपुरमा १५ जना, मोरङको कटहरीमा १ जना र सुनसरीको गढीमा १ जनामा आरडिटी पोजेटिभ रिपोर्ट आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ७ हजार ३ सय ६१ वेडको क्वारेन्टाईन तयार गरिएको छ ।

हिजो ११ स्थानमा ५ सय ४८ वेड थप गरिएको छ । क्वारेन्टाईनमा बस्नेको संख्या १ हजार ४ सय ५ रहेको छ । क्वारेन्टाईनमा ३ सय १४ महिला र १ हजार ९१ पुरुष रहेका छन् । होमक्वारेन्टाईनमा ८ हजार ६ सय ३७ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button