Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा १ सय २५ स्वास्थ्यकर्मी संक्रमित

विराटनगर, १५ भदौ । प्रदेश १ मा १ सय २५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।


सामाजिक विकास मन्त्रालयले आज सम्म ६१ महिला र ६४ पुरुष स्वास्थ्यकर्मी संक्रमित भएको जनाएको छ । संक्रमित भएका मध्ये ३३ जना डिस्चार्ज भएका छन् ।

४२ महिला र ५० पुरुष अहिले उपचाररत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज सम्म कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button