Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा २५ जना संक्रमित थपिए

विराटनगर, २९ पुस । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, तेर्हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ४, ग्रामथानमा २, बुढीगंगा, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा १–१, झापाको बुद्धशान्तिमा २, गौरीगञ्ज, भद्रपुर र विर्तामोडमा १–१, सुनसरीको इटहरी र बराहक्षेत्रमा १–१, भोजपुरको भोजपुर नगरपालिका, तेर्हथुमको म्याङलुङ र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४९ पुगेको छ । प्रदेश १ मा आज ३४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३७२ पुगेको छ । प्रदेश १ मा आज ५७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १३ हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button