On Air BFM 91.2|Biratnagar

प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

विराटनगर, २४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्रदेश १ बाहिरका १‒१ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगर र विर्तामोडमा ३‒३, बुद्धशान्ति र बाहृदशीमा १‒१, मोरङको विराटनगरमा ४, पथरीशनिश्चरेमा १, सुनसरीको इटहरीमा ३ र धरानमा १, पाँचथरको मिक्लाजुङ र प्रदेश १ बाहिरका १‒१जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र १२ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button