Tune to BFM 91.2|Biratnagar

प्रदेश १ सरकारको वजेट ४० अर्व ८९ करोड

विराटनगर १ असार । प्रदेश १ सरकारले ४० अर्व ८९ करोडको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक आर्थिक वर्षको तुलनामा १ अर्व ३० करोड कम वजेट प्रस्तुत गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले आज प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बराबरको वजेट प्रस्तुत गर्नुभउको हो । कुल विनियोजन मध्ये चालुतर्फ १८ अर्व ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६.२९ प्रतिशत, पुँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३.७१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ४ करोड रहेको छ ।

अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्व ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरेको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँटबाट १० अर्ब ३ करोड ५४ लाख र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख व्यहोरिने वजेटमा उल्लेख छ ।

चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान गरिएको छ । खर्चको आवश्यकता पूरा नहुने भएकोले न्यून वित्त ५ अर्व अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले गरेको व्यवस्था बमोजिम नेपाल सरकार संग ऋण लिइ पूर्ति गरिने मन्त्री आङ्बोले बताउनुभयो । प्रदेश १ को आर्थिक बृद्धिदर ३ दशमवल ४१ प्रतिशत रहेन अनुमान गरिएको छ ।

कोरोना महामारीको अन्त्यको पूर्वानुमान गर्न नसकिए वाट आर्थिक वृद्धिको यो दरलाई बढाउन चुनौति रहने बजेटमा उल्लेख छ । प्रदेश १ मा रहेका १ सय ३७ वटै स्थानीय तहलाई न्युनतम ५० लाख पर्ने गरि अनुदान दिईने भएको छ । स्थानीय तहलाई न्युनतम ५० लाख पर्ने गरि १ अर्व समानीकरण अनुदान दिईने बजेटमा उल्लेख छ ।

कृषि र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोेले सार्वजनिक गर्नुभएकोे बजेटमा कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख विनियोजन गरिएको छ । बजेट भाषणका क्रममा मन्त्री आङ्बोले पहाडी क्षेत्रलाई माटो सुधार, मुख्य खाद्यान्न वाली मकै, गहुँ, धानको उत्पादकत्व बढाउनका लागि उन्नत मल बिउको उत्पादन प्रबद्र्धन गरिने, कृषिमा व्यक्तिलाई अनुदान रकमलाई निरुत्साहित गर्दै समुदाय र सहकारीमा आधारित कृषि कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।

यस्तै प्रदेशलाई अग्यानिक बनाउन ९ करोड ८४ लाख बजेट छुट्याइएको छ भने धूलो दूध कारखानाका लागि १३ करोड, कृषि यान्त्रीकरणका लागि साना कृषि यन्त्रहरु उपलब्ध गराउन ६ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश १ सरकारले प्रदेश सांसदहरुमार्फत खर्च गर्ने सांसद विकास कोषको बजेट घटाएको छ ।

सरकारले सांसद विकास कोष भनेर चिनिने प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट घटाएको हो । चालू आर्थिक वर्षमा प्रदेशका ५८ वटा निर्वाचन क्षेत्रको लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा आगामि आर्थिक वर्षका लागि २ करोड छुट्याइएको छ ।

यस्तै चालू आर्थिक वर्षमा ९३ जना प्रदेशसभा सदस्यहरुमार्फत खर्च हुने ५० लाख रुपैयाँ दरको कार्यक्रममा वृद्धि गरि १ करोड पुर्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button