प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा शपथ ग्रहण

0
283

काठमाडौं, २९ माघ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष शपथ लिनुभएको हो । उहाँले आजै सानो आकारको मन्त्रीपरिषद गठन गर्ने तयारी पनि गर्नुभएको छ । मन्त्री बन्नेहरुको नाम टुंगो लागिनसकेपनि आज सानो आकारको मन्त्रीमण्डल बन्ने सम्भावना पनि रहेको नेताहरुको भनाई छ । पौडेललाई हिजो प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here