प्रधानमन्त्रीको भ्रमणमा प्रचण्ड असन्तुष्ट

0
39

विराटनगर, १२ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणप्रति असन्तुष्टी पोख्नु भएको छ । संविधान संशोधनप्रति छिमेकी समझदारी आवश्यक नभएको भन्दै दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्नु भएको हो । ‘प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक जानकारी छैन। तर, अहिले संविधान संशोधन हुँदैन, यो छिमेकीसँग समझदारी गर्ने कुरा पनि हैन, दाहालले भन्नु भयो ,‘देशलाई आवश्यक परे फेरि बहस गरौला । तर, अहिले यो बहस आवश्यक नै छैन ।’ आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले नेपाल र भारतबीच जारी संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख भएको र त्यसलाई राख्न आवश्यक नभएको बताउनु भयो । ‘आज मात्रै मैले संयुक्त वक्तव्य हेरे। तर, त्यो कुरा उल्लेख गर्न आवश्यक थिएन। काठमाडौं फर्केपछि हामी प्रधानमन्त्री लगायतसँग छलफल गर्छौं । उहाँले भन्नु भयो । पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले विराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्ने कुरामा माओवादी केन्द्र स्पष्ट रहेको बताउनु भयो । अध्यक्ष प्रचण्डले अहिलेको मिसन निर्वाचन भएकाले माओवादी त्यसमा केन्द्रित भएको र सत्ता परिवर्तनबारे कुनै ध्यान नभएको बताउनु भयो । पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुलाई प्रशिक्षण दिन पुगेका प्रचण्डले दिउँसो विराटनगरमा कार्यकर्तालाई प्रशिक्षण दिनु हुने छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here