प्रधानमन्त्रीले बोलाए वार्ताका लागि मधेसी मोर्चालाई

0
84

काठमाडौं, ६ फागुन । स्थानीय निर्वाचनको मिति तोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति खोज्ने प्रयास स्वरुप संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई छलफलका लागि निम्तो पठाएका छन् । प्रधानमन्त्री दाहालले भोलि शनिबार मधेशी मोर्चासँग परामर्श गर्न लागेका हुन् । राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले प्रधानमन्त्रीको निजी सचिवालयबाट भोलीको वार्ताका लागि आफूहरूलाई निम्तो आएको बताए । उनले भने, ‘वार्ताका लागि प्रधानमन्त्रीज्यूको निजी सचिवालयबाट बोलावट भएको छ । वार्तामा के–के विषयमा कुराकानी हुन्छ केही भनिएको छैन । सम्भवत संविधान संशोधन, निर्वाचनको तयारी र मुलुकको समग्र राजनीतिक विषयमा छलफल हुन सक्छ ।’ स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने सुझाव दिँदै आएका कांग्रेस, एमालेसहितका दलहरूले छिटोभन्दा छिटो राजनीतिक सहमतिमा दबाब दिइरहेका छन् । यद्यपि, मधेशी मोर्चाले संसदमा टेबुल भइसकेको संविधान संशोधनको विधेयक परिमार्जन सहित पारित नहुँदासम्म निर्वाचनमा जान नसक्ने जनाइ सकेको छ ।

Comments

comments

LEAVE A REPLY