प्रधानमन्त्रीले राजीनामा दिने तयारी

0
122

काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गरेका छन् । तर, उहाको राजीनामा निर्वाचन आयोगमा निर्भर रहने छ । निर्वाचन आयोगले आज प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाएमा आज नै राजीनामा दिने देउवाको तयारी छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘निर्वाचन आयोगले राष्ट्रपति समक्ष परिणाम बुझाउनासाथ प्रधानमन्त्रीको राजीनामा आउँछ ।’ ‘निर्वाचन सम्पन्न गर्ने दायित्व पूरा गरिसकेकाले प्रधानमन्त्री ज्यू अब एक मिनेट पनि पदमा रहनुहुन्न,’ पौडेलले भने, ‘तर पहिले निर्वाचन आयोगले परिणाम बुझाउनुर्पयो ।’ यसैबिच निर्वाचन आयोगले पनि आज कार्यालय समयभित्रै निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसका लागि राष्ट्रपतिसँग समय पनि माग गरिएको आयोगका एक पदाधिकारीले जानकारी दिए । तर, दलहरुलाई समानुपातिक सांसदको नामावली सच्याएर बुझाउन निर्वाचन आयोगले दिएको थप दुई दिनको समयको आज अन्तिम दिन हो । त्यसैले आयोग दलहरुबाट संशोधित नामावली आउने पर्खाइमा छ । कांग्रेस, माओवादी र राजपाले यसअघि बुझाएको सूचीमा प्राथमिकता क्रम नमिलेपछि सच्याएर पुनः बुझाउन आयोगले आज पाँच बजेसम्मको समय दिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here