प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण भोलि ९ बजे
काठमाण्डौ २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि विहान ९ बजे पुनः मिर्गाैलमा प्रत्यारोपण गरिने भएको छ । त्यसको अघिल्लो दिन आज डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको छ । ‘उहाँको सबै रिपोर्ट सामान्य आएको छ ।
भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुन्छ’, प्राध्यापक डा. अरुण सायमीले सञ्चारकर्मीहरुसँग भन्नुभयोे । मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली हिजो नै अस्पताल भर्ना हुनु भएको थियो । उहाँलाई नाताले भान्जी पर्ने युवतीले मिर्गाैला दिने भएकी छन् ।