प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै

0
78

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ । विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण र त्यसका उपलब्धी लगायतबारे बैठकलाई जानकारी गराउनुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदी २ दिने नेपाल भ्रमण पूरा गरी हिजो स्वदेश फर्कनुभएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here