प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

0
371

एक्सेल्सिया कलेज प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ। सोमबार भएको फाइनल खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। एपीएफले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभर खेलमा सबै विकेट गुमाउँदै दुई सय नौ रनको योगफल जोडेको थियो। जवाफमा एपीएफले ४१.२ ओभरमा चार विकेट गुमाउँदै उपाधि पक्का गरेको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here