प्रधानमन्त्री दाहाल बालुवाटार सर्दै

0
838

काठमाडौ, २१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ । दिउँसो ३ बजेपछि उहाँ लाजिम्पाटको निजी निवासबाट बालुवाटार सर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार प्रधानमन्त्री निर्वाचित हुनुभएका दाहालले हिजो सपथ लिएर पदभार सम्हाल्नुभएको थियो । दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै बालुवाटार छोड्नुभएको थियो ।

Comments

comments

LEAVE A REPLY