प्रधानमन्त्री प्रचण्ड चितवनमा

0
71

चितवन, ५ जेठ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन जानुभएको छ । रामपुरमा रहेको देशकै एकमात्र कृषि तथा वन बिज्ञान विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन जानुभएको हो । दिउँसो साढे १२ बजे विश्वविद्यालयको नवनिर्मित भवन उदघाटन गर्ने कार्यक्रम तय गरिएको कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकालले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड विश्वविद्यालयको कुलपतिसमेत हुनुहुन्छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here