प्रभावकारी भाषण कला संवन्धि तालिम

0
74

विराटनगर, २० असोज । विराटनगर जुनियर जेसिजको स्थापना दिवसको अवसरमा आज प्रभावकारी भाषण कला (इपीएस) संवन्धि तालिम दिईएको छ । जुनियर जेसिज २१ वर्ष पुरा गरि २२ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित सप्ताह कार्यक्रम अन्र्तगत दोश्रो दिनको चौथो कार्यक्रममा ४० जना जेसिजकर्मीहरुलाई भाषण कला संवन्धि तालिम दिईएको थियो । तालिमको सहजीकरण विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठले गर्नु भएको थियो । तालिममा जुनियर जेसिजका निर्वमान अध्यक्ष अभिनास थापा, जुनियर जेसिजका को–अर्डिनेटर प्रितेशराज दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सप्ताह अन्र्तगत हिजो सञ्चारकर्मी र जेसिजकर्मीवीच मैत्रीपूर्ण फुटसल र सरसफाई कार्यक्रम गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here