प्रसूति गराउँदा शिशुको हातै भाँचियो अस्पतालले उपचार गर्न पनि मानेन

0
252

 

विराटनगर, २३ पुस । विराटनगरको नोवेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले एक दलित महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिदिएका छन् । मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीय तारा आछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएका हुन् । तारालाई प्रसूति व्यथा लागेपछि गत पुस ९ गते अस्पताल भर्ना गरिएको थियो । १० गते शिशु जन्मिए पनि बच्चाको हात भाँचिएपछि अस्पतालले त्यसलाई सार्वजनिक नगर्न आफूहरुलाई दवाव दिएको ताराका ससुरा धनलाल सार्कीले बताउनु भयो । ‘जन्मिएको बच्चाको हात भाँचिएको पाइएपछि अस्पतालसंग हामीले गुनासो राख्यौं,’ धनलालले भन्नु भयो, ‘आमा र बच्चाको उपचार सबै गरिदिने भन्दै अस्पतालले त्यसलाई सार्वजनिक नगर्न दवाव दिएका कारण हामीले पनि तत्काल यो कुरा बाहिर ल्याउन सकेनौं ।’ शिशुको भाँचिएको हातको उपचार गर्न र बुहारीको प्रसूति गराउने क्रममा अस्पतालले आफूहरुसंग ६० हजार रुपैयाँ लिएको पनि उहाँले बताउनु भयो । उहाँका अनुसार प्रसूति गराउने काममा संलग्न चिकित्सकले शल्यक्रिया गर्नु नपर्ने र सामान्य अवस्थामा बच्चा जन्मिन सक्ने भन्दै हात हालेर बच्चा निकालेका थिए । हात हालेर जवरजस्ती निकालिंदा बच्चाको हातै भाँचिदिएको परिवारको गुनासो छ । अस्पतालले बच्चाको उपचार गर्न नमानेपछि परिवारले यो कुरा बाहिर ल्याउँदै आर्थिक अवस्था दयनिय भएका कारण उपचार गर्न नसक्दा थप समस्या सिर्जना भएको जनाएको छ । ‘आमाको प्रसूति र बच्चाको हातको उपचार गराउँदा साथमा भएको सबै पैसा सकियो । अहिले अस्पतालले पनि आमा र बच्चाकै उपचार गराउन मानिरहेको छैन,’ उहाँले भन्नु भयो, ‘पैसा नभएका कारण अव कसरी उपचार गराएर नातीलाई ठिक पार्नु भन्ने चिन्ताले सताएको छ । आमाको स्वास्थ्य अवस्था पनि नाजुक बन्दै गएको छ ।’ धनलालका अनुसार हात भाँचिएका बच्चा र सुत्केरीको उपचार नै ठिक नभइकन अस्पतालले जवरजस्ती डिस्चार्ज गरिदिएको र पछि उपचारका लागि लैजाँदा बिरामी पनि लिन मानेन । नोवेलले प्रसूतिमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको नाम सार्वजनिक गर्न मानेन । अस्पतालका प्रशासकिय अधिकृत दीपेश राईले प्रसूति गराउँदा शिशुको हात भाँचिएको कुनै जानकारी नभएको बताउनु भयो । ‘अस्पतालले राईले बिरामीको उपचारमा अस्पतालले कहिल्यै पनि लापरवाही नगर्ने दावी गर्नु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here