प्रहरीको गाडीमा ढुंगा हान्ने दुई जना पक्राउ

विराटनगर, १८ साउन । तस्करीको सामान नियन्त्रणका लागि पुगेको प्रहरीलाई अवरोध गर्दै गाडीमा ढुंगा हान्ने दुई जना विराटनगर महानगरपालिका–१५ रानीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर–१५ का २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देव रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

पक्राउ परेकाहरु लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा तस्करी धन्दा चलाउने युवाहरु रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य छ जना फरार रहेका कारण खोजी तीव्र बनाइएको राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button