Tune to BFM 91.2|Biratnagar

प्रहरीलाई फेस शिल्ड वितरण

विराटनगर, ७ भदौ । विराटनगर १० मा रहेको ग्रीनल्याण्ड कलेजले कोरोना भाइरस विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने नेपाल प्रहरीलाई फेस सिल्ड वितरण गरेको छ ।

कलेजले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड–१९ (कोरोना भाइरस) को महामारीको समयमा उच्च जोखिमकासाथ अग्रमोर्चामा रहेर काम गरीरहेको नेपाल प्रहरीलाई आज कलेजमा एक कार्यक्रमको आयोजना गर्दै ३ सय थान फेस सिल्ड वितरण गरेको हो ।

कलेजका प्रिन्सिपल दिपक पोखरेल ,वडा प्रहरी कार्यालय विराटनगर(क)का प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमले सो फेस सिल्ड हस्तान्तरण गनुृभएको कलेजका सञ्चालक दिनेश दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button