Tune to BFM 91.2|Biratnagar

प्रहरी जवान दिनेश कार्की भदौ महिनाको सर्वाेत्कृष्ट प्रहरी

विराटनगर, १३ असोज । इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भदौ महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित हुनुभएको छ।

व्यक्ति हत्याका फरार अभियुक्तलाई पक्राउ गर्न सफल कार्कीलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरले सर्वाेत्कृष्ट प्रहरी घोषित गरेको हो ।

कार्कीले अवैध हातहतियार, व्यक्ति हत्याजस्तो जघन्य अपराधको घटनापछि लुकेर बसेका अभियुक्तलाई खोजतलास गरी हातहतियारसहित पक्राउ गर्न सफल हुनुभएको थियो ।

प्रहरी कर्मचारीको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरिका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वाेत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button