Tune to BFM 91.2|Biratnagar

प्राज्ञिक विद्यार्थी परिषद्को अधिवेशन स्थगित

विराटनगर, ६ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन स्थगित भएको छ । विश्वभर फैलिररहेको कोरोना भाइरस ( कोभिड – १९ ) को तीव्र प्रभाव, असर र नेपालमा सम्भावित खतरा प्रति चिन्तन गर्दै अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा जनाईएको छ । यसअघि अधिवेशन यहि चैत २०, २१ र २२ गते प्रदेश नं १ को राजधानि विराटनगरमा हुने तय भएको थियो । परिषद्ले अव कोरोना भाईरसको प्रभाव प्रति सचेत रहदैँ समाजमा त्रास र भयको वातावरणलाई न्युनीकरण गर्ने वताएको छ । साथै देशैभरका कार्यकर्तालाई सचेतना लागि आह्वान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button