वीएफएम रेडियो रिपोर्ट प्रभाव : फति ऋषिदेवलाई राहत

मोहन ढकाल

विराटनगर, १३ असार । विराटनगर महानगरपालिका १९ का फति ऋषिदेवले राहत पाउनु भएको छ ।

एक वर्ष देखि बिरामी परेर थलिएका फति काम गर्न नसक्ने र निरन्तरको वर्षाका कारण घरमा पानी चुहिएर समस्यामा परेको रेडियो रिर्पोर्ट बीएफएमले असार ७ गते प्रसारण गरेको थियो ।

बीएफएमले प्रसारण गरेको रिर्पोटमा फति ऋषिदेवको समस्या सुनेपछि केहि दिनलाई भएपनि सहज होस भनेर राहत दिएको विराटनगर ४ कंचनबारीका कृष्ण माझीले बताउनुभयो ।

उहाँले भन्नुभयो उनिहरुको समस्या धेरै रहेछ, पानी पर्दा बस्नलाई समस्या रहेछ । ऋषिदेव परिवारलाई १० केजी चामल, २ केजी आलु, १ केजी दाल, १ केजी नुन र १ लिटर तेल प्रदान गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button