फाल्गुनन्द गोल्डकपः आजबाट सेमी फाइनल खेल शुरु हँुदै

0
211

फिदिम १३ पुष, । पाँचथरको फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा आजबाट सेमी फाइनल चरणका खेल हुँदैछन । फिदिम माविको खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत आज सेमी फाइनल चरणको पहिलो खेलमा सुनसरी ११ र अग्नी रुपन्देहि ११ बिच प्रतिश्पर्धा हुँदैछ । रुपन्देहिले पहिलो चरणको खेलमा एपिएफ फुटवल युकेएफसि दार्जिलिङ तथा सुनसरीले एपिएफ काठमाण्डौ र आयोजक फिदिम स्पोर्टिङ क्लवलाई हराँउदै दोस्रो चरणमा पुगेका हुन । दिँउसो २ वजे खेल शुरु हुने आयोजक फिदिम स्पोर्टिङ क्लवबले जनाएको छ । पुष ७ देखि शुरु भएको खेलमा नेपाल र भारतका ए डिभिजन क्लव सहित १० टिम सहभागि थिए । जसमध्ये आयोजक फिदिम स्पोर्टिङ,ताप्लेजुङ ११,डिभाइन व्याइज युनियन,एपिएफ फुटवल क्लव काठमाण्डौ,त्रिभुवन आर्मी र युकेएफसी दार्जिलिङ खेलवाट बाहिरिइसकेका छन । फाइनल खेल पुष १६ गते हुने तालिका छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here